July 8, 2026, Wednesday
२०८३ असार २४
1:37:26 pm

कोरोना विरुद्धको खोप लगाउँदै प्रधानमन्त्रीले भने – ‘सबैले खोप लगाएर खोप अभियानलाई सफल पारौँ ।’

२०७७ फाल्गुन २३

काठमाडाैं–प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप लगाएका छन्। त्रिवि शिक्षण अस्पतालमा खोप लगाएपछि प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले सबैलाई खोप लगाउन आग्रह गरे।

‘मैले कोभिको भ्याक्सिन लगाए, अहिलेसम्म कुनै कम्प्लेक्सन छैन,’ प्रधानमन्त्रीले प्रतिक्रिया दिँदै भने, ‘सबैले खोप लगाएर खोप अभियानलाई सफल पारौँ ।’ 

प्रधानमन्त्री ओलीले खोप लगाएसँगै देशभर ६५ वर्षमाथिका नागरिकका लागि खोप अभियान सुरु भएको छ। ६५ वर्ष माथिका करिब १७ लाख जनसंख्या रहेको स्वास्थ्य मन्त्रलयले बताएको छ।

Advertisement