November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

संसदीय दलको नेता प्रचण्डलाई बनाएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्विकार

२०७७ फाल्गुन २३

काठमाडौं- नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’- माधवकुमार नेपाल पक्षले संसदीय दलको नेता प्रचण्डलाई बनाएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्विकार गरेको छ।

संसद सचिवालयका महासचिव भरतराज गौतमले कानुनी परामर्श लिएपछि मात्रै अघि बढ्ने बताएका छन्। प्रचण्ड-माधव पक्षको पत्र महासचिव गाैतमले लिएर राखेपनि दर्ताको प्रक्रिया बढाएका छैनन्।

पत्र ग्रहण गरेका महासचिव गाैतमले दर्ता पक्रिया बुझेपछि मात्रै जवाफ दिने् बताएका छन्। प्रचण्ड-माधव पक्षका बहुमत सांसदसहित दलको नेता प्रचण्ड भएको जानकारी गराउन सचिवालयमा पुगेका थिए।

Advertisement