July 8, 2026, Wednesday
२०८३ असार २४
1:37:26 pm

संसद् सचिवालयमा पत्र दर्ता गराउने अडानमा प्रचण्ड-माधव पक्ष

२०७७ फाल्गुन २३

काठमााडौं- नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले संसदीय दलको नेता प्रचण्डलाई चयन गरेको पत्र संसद सचिवालयमा दर्ता गराएर मात्रै निस्किने अडान लिएको छ।

संसद सचिवालयका महासचिव भरतराज गौतमलाई बहुमत सांसदले दलको नेताबाट केपी शर्मा ओलीलाई हटाएर प्रचण्डलाई बनाएको पत्र लिएर गएका हुन्। गौतमले कानुनी परामर्श गरेर मात्रै पत्र दर्ता गर्ने बताएपछि प्रचण्ड–माधव पक्षका सांसदहरु दर्ता गरेरै जाने भन्दै सचिवालय घेरेर बसेका छन्।

गौतमले अहिले आफ्नो कार्यकक्षबाट बाहिर निस्केर आन्तरिक परामर्श लिइरहेको बुझिएको छ।

Advertisement