July 8, 2026, Wednesday
२०८३ असार २४
1:37:26 pm

‘एमाले र माओवादी केन्द्र बन्ने नै भयो’: नारायणकाजी श्रेष्ठ

२०७७ फाल्गुन २४

काठमाडाैं– प्रचण्ड–माधव समूहले सोमबार बसेको स्थायी कमिटीको बैठक नेकपाकाे लागि अन्तिम भएको जनाएको छ।

पेरिसडाँडामा बसेको बैठकपछि पत्रकारसँग बोल्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने,‘एमाले र माओवादी केन्द्र बन्ने नै भयो। नेकपाको अन्तिम बैठक हो यो।’

सर्वोच्चको फैसला चुनौतीपूर्ण रहेको उनले बताए। आफ्नो राष्ट्रिय सभा सदस्यबारे उनले अदालतले कुनै व्याख्या नगरेको बताए। दल जुटाउने र फुटाउने अधिकार अदालतलाई नभएको उनले जिकिर गरे। अदालतको फैसलाले धेरै विषयलाई कार्यान्वयनमा जटिलता ल्याउने उनले बताए।

Advertisement

दुई पार्टीमा एकिकरणको पहल भएपनि तत्काल भने फरक फरक दलका रुपमा कार्य हुने जानकारी गराए।