काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले ओली प्रतिगमनका मुख्य खलनायक भएको बताएका छन्।
बिहीबार राति ट्वीट गर्दै भट्टराईले देश गम्भीर संकटमा फसेको बेला राजनीतिक दल र नेताहरुको भूमिका अपेक्षित स्तरको नभएको उनको भनाइ छ।
‘अदालतको कृपाले अलिअलि लाज बचेको बेला पुनः उही म्युजिकल चेयरको खेलमा लाग्नुका सट्टा समस्याका संरचनात्मक कारण खोतल्ने, आफ्नो आत्मसमीक्षा गर्ने र अग्रगामी निकास दिने पो हो त,’ भट्टराईले लेखेका छन्, ‘जसपा त्यो मुसा दौडमा छैन है।’
तर, जसपाका नेताहरुले बिहीबार बालुवाटार पुगेर प्रधानमन्त्रीसँग नयाँ सत्ता समीकरणबारे छलफल गरेका थिए।