काठमाडौं–जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीलाई सत्ता छाड्न आग्रह गरेका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत परिस्थिति बुझेर बेलैमा सम्मानित बर्हिगमनको बाटो रोज्न आग्रह गरेका हुन्।
अन्यथा ‘भीरबाट लड्ने गाई’को अवस्था आउने चेतावनी पनि उनले दिएका छन्।