काठमाडौं- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेलाले १७ बुँदे प्रस्ताव पारित गरेको छ।
सानेपास्थित हेरिटेज गार्डेनमा बुधबार सुरु भएको भेला बिहीबार १७ बुँदे प्रस्ताव पारित गर्दै सकिएको छ।
भेलामा नेता नेपालले अवधारणा पत्र पेश गरेका थिए। विभिन्न १० टिम बनाएर छलफल गरिएको थियो। टिम नेतृत्वले प्रस्तुत गरेको निष्कर्षका सन्दर्भमा नेपालले बिहीबार जवाफ फर्काएका थिए।
https://drive.google.com/file/d/1s8WpBs-HpKw1mkpzy07PiJ4fUqmsmrfR/view