काठमाडौं – आज (शुक्रबार) प्रतिनिधिसभा बैठक सकिएको छ । केही सांसदले बोलेपछि चैत १० गतेसम्मका लागि प्रतिनिधिसभा बैठक सकिएको हो । सभामुख अग्निप्रसाद सापकोटाले चैत १० गते मंगलबार दिउँसो १ बजे सम्मका लागि बैठक स्थगित भएको जानकारी गराए ।
बैठकले पूर्वसांसद एवं संविधानसभा सदस्य अशोक कोइरालाको निधनप्रति राखेको शोक प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ । बैठकले प्रजातन्त्र एवं लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका कोइरालाको ७१ वर्षको उमेरमा चैत ४ गते राति उपचारका क्रममा असामयिक निधन भएकामा शोक प्रकट गर्दै श्रद्धाञ्जलि अर्पण गरेको हो ।
संसद्को प्रारम्भमै पेश हुनुपर्ने अध्यादेशका विषयमा सबै राजनीतिक दलबीच एकै मत र समान धारणा हुनुपर्ने उल्लेख गर्दै मन्त्री ज्ञवालीले निश्चित व्यक्ति प्रधानमन्त्री हुन पाए अग्रगमन नभए प्रतिगमन भन्ने बुझाइ अन्त्य हुनुपर्ने धारणा राखे ।
प्रतिनिधिसभा पुनःस्थापनापछि नयाँ ढङ्गले जान खोजे पनि अहिलेको वातावरणले अझै राम्रो सङ्केत नगरेको मन्त्री ज्ञवालीको भनाइ थियो ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका सांसदहरूले यस्तो धारणा राखेका हुन्। उनीहरूले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेका हुन् ।
बैठकमा केही सांसदले समसामयिक विषयमा धारणा राखेका थिए ।