काठमाडौं- प्रधानमन्त्री एवंनेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टी कार्यालय सार्ने भनिएको घरको अवलोकन गरेका छन्। ओलीले बुधबार दिउँसो थापालथी हाइटमा रहेको साढे दुई तले घरको अवलोकन गरेका हुन्।
उनीसँगै एमालेका नेता/कार्यकर्ता थापाथली पुगेका थिए। यसअघि धुम्बाराहीस्थित पासाङल्हामु स्मृति प्रतिष्ठानको स्वामित्वमा रहेको भवनमा रहेको एमालेको पार्टी कार्यालय थापाथली सार्न लागिएको हो।
थापाथलीस्थित उपमामार्गमा रहेको सञ्जय अग्रवालको उक्त घरमा पहिले युएन अफिस रहेको थियो। घरमा १३ कोठा रहेका छन्। घरलाई पाँच वर्षका लागि भाडामा लिइएको र आउँदो वैशाख १ गते सर्ने तयारी भइरहेको प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतीलाल दुगडले बताए। उनले भाडादर भने तय नभएको बताए।