काठमाडाैं–नेकपा (माओवादी केन्द्र)को बाग्मती प्रदेशसभा संसदीय दलको नेतामा शालिकराम जम्मकट्टेल चयन भएका छन्।
सोमबार सम्पन्न संसदीय दलको बैठकले जम्मकट्टेललाई संसदीय दलको नेतामा चयन गरेको वाग्मती प्रदेशसभा सदस्य युवराज दुलालले जानकारी दिए।
दलको उपनेतामा कुमारी मोक्तान, प्रमुख सचेतकमा बुद्धिमान माझी र सचेतकमा प्रतिमा श्रेष्ठ सर्वसम्मत रुपमा चयन भएको दुलालले बताए।
प्रदेशसभामा प्रभावकारी रुपमा जनताको पक्षमा भूमिका निर्वाह गर्ने र प्रदेशसभाको भूमिकालाई थप सशक्त बनाउने निर्णयसमेत संसदीय दलको बैठकले गरेको नेता दुलालको भनाइ छ।