November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

आज प्रचण्डको निवेदनमाथि सर्वोच्चले टुंगो लगाउँदै

काठमाडौं – नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काउने सर्वोच्च अदालतको फैसलाविरुद्ध माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दायर गरेको पुनरावलोकन निवेदनमाथि निस्सा दिने वा नदिनेबारे आज सर्वोच्च अदालतले निर्णय गर्दैछ।

एमाले–माओवादीलाई पुरानै अवस्थामा फर्काउने फैसला गत फागुन २३ गते सर्वोच्चका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले गरेको थियो।

त्यसविरुद्धमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार पुनरावलोकनको निवेदन दिएका थिए।

Advertisement

निवेदनअनुसार आज सर्वोच्चले मुद्दा अगाडि बढाउने नबढाउनेबारे टुंगो लगाउनेछ। सर्वोच्चले आज निस्सा प्रदान गरे मात्र यो मुद्दाको सुनुवाई अगाडि बढ्नेछ।