काठमाडौं । नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले अब प्रधानमन्त्री केपी शर्मा ओलीका सकिने दिन आएको बताएका छन् । नेपाली काँग्रेस केन्द्रीय शिक्षा विभागद्वारा नवलपरासीमा आयोजित राष्ट्रिय शिक्षा नीति प्रारम्भिक प्रतिवेदन प्रस्ताव, छलफल तथा अन्तक्र्रिया कार्यक्रममा खाणले नैतिकताका आधारमा राजीनामा नदिएर जितिया शासक जस्तो गर्दै हिँडे पनि अब ओलीका सकिने दिन आएको बताए ।
खाणले सबैभन्दा ठूलो जीत निःसन्देह वैचारिक जित भएको र त्यसमा काँग्रेस विजयी भएको बताउँदै संविधानले स्थापित गरेको लोकतन्त्रका सारभूत मान्यताको प्रणेता पनि काँग्रेस नै भएको बताए । संविधानलाई बहुसंख्यक नेपालीहरुले खुला हृदयले स्वागत गरेको अवस्थामा सोही संविधानको कार्यन्वयनको जिम्मा भने नेपाली नागरिकले नेपाली काँग्रेसलाई नदिनु पार्टीभित्रकै गुट उप-गुटले काम गरेको बताए ।