November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

ओलीले बोलाए एमाले केन्द्रीय कमिटी बैठक, यी हुन् कार्यसूची

काठमाडौं – नेकपा एमाले ओली समूहले वैशाख ६ गते बस्ने गरि केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

अध्यक्ष ओलीको मन्तव्य, राजनीतिक प्रतिवेदन पेस, कार्यविभाजन, केही संगठनात्मक प्रस्ताव, उपनिर्वाचन तयारी, समसामयिक प्रस्तावमाथि छलफल गर्न बैठक बोलाइएको हो ।

त्यस्तै वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले आफ्नो सहभागिता बिना ओलीले यसअघि फागुन २८ गते र चैत्र ७ गते आफू पक्षीय केन्द्रीय कमिटी बैठक बोलाएर गरेका निर्णयहरु फिर्ता हुनुपर्ने माग गर्दै आएको छ।

Advertisement

तर ती निर्णयहरु फिर्ता नगर्ने ओलीले अडान लिएका छन्। नेपाल–खनाल पक्षका नेता नेपाल, सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुषाललाई ओली पक्षले ६ महिनाका लागि निलम्बन गरेकाे छ।