November 8, 2026, Sunday
२०८३ कार्तिक २३
1:37:26 pm

पिसीआर नेगेटिभ भएका विदेशीलाई मात्र होटलमा बस्न दिन सरकारको आग्रह

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको अवस्था अत्यन्तै चुनौतीपूर्ण भएको भन्दै विदेशवाट आउने नागरिकलाई पिसीआर नेगेटिभ भए मात्र बास बस्न दिन अनुरोध गरेको छ ।

मन्त्रालयले विहीबार एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । साथै मन्त्रालयले अति प्रभावित भनि वर्गिकरण गरेका जिल्लाहरु (काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली मोरङ, दाङ, सुर्खेत बारा, बागलुङ) मा रात्री व्यवसायहरु तथा सातबजेपछि सबै रेष्टुरेण्ट, क्लबहरु, खेलकूद, जीम, सार्वजनिक पूजा आजा, तथा जात्राहरु, सभा, सम्मेलन, बैठक, तथा भेलाहरु, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लव स्विमीङ पुल आदि स्थलमा सहभागी नहुन पनि अनुरोध गरेको छ ।

मन्त्रालयले सबै अस्पतालहरुलाई अनिवार्यरुपमा फिवर क्लिनक सन्चालन गर्न तथा कोभिड परीक्षणका व्यवस्थापन गराउन पनि अनुरोध गरेको छ ।

Advertisement

यस्तो छ पूर्ण सूचना

No photo description available.
May be an image of text