November 9, 2026, Monday
२०८३ कार्तिक २३
1:37:26 pm

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाई तेस्रो मुलुक जान राेक

काठमाडौं : तेस्रो मुलुक जान नेपालस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाउन खोजेका विदेशी अब रोकिने भएका छन्‌।

अध्यागमन विभागले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई ट्रान्जिटको रूपमा प्रयोग गरी अन्य मुलुक जानेलाई प्रतिबन्ध लगाएको हो। विभागका अनुसार वैशाख १५ गते राति १२ बजे यो रोक लाग्नेछ।

छिमेकी मुलुक भारतलगायत देशबाट अन्य मुलुकमा साेझै उडान भर्न नपाउने भएपछि काठमाडाैंलाई ट्रान्जिट बनाएर जानेकाे संख्या पछिल्लाे दिन बढ्दै गएकाे थियाे। जसका कारण काठमाडाैंबाट हुने उडानलाई समेत अन्य मुलुकले शंकाकाे दृष्टिले हेर्न थालेका कारण यस्ताे प्रतिबन्ध लगाउन माग उठ्दै आएकाे थियाे। 

Advertisement

तर, विदेशबाट नेपाललाई अन्तिम गन्तव्यस्थल बनाई आगमन गर्न र नेपालबाट विदेश जान साविकबमोजिम नै नियमित रहने विभागले जानकारी दिएको छ।