काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजीनामा दिन माग गरेका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिएर नयाँ सरकार गठनका लागि बाटो खुला गरिदिन आग्रह गरेका छन् ।
उनले प्रधानमन्त्रीले आफूसँग विश्वासको मत छैन् भन्ने थाहा हुँदा हुँदै पनि संसदमा विश्वासको मत माग्ने निर्णय गरेकोमा धन्यवाद दिए । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री अोलीले लोकतान्त्रिक व्यवस्था अपनाएकोमा प्रशंका गरेका थिए ।