November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

जनमोर्चाले हटायो संसदीय दलको नेताबाट थापालाई

काठमाडौं- राष्ट्रिय जनमोर्चाले आफ्नो पार्टीको गण्डकी प्रदेश संसदीय दलका नेता कृष्ण थापालाई दलको नेताबाट हटाएको छ।  

जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले थापालाई दलको नेताबाट हटाइएको जानकारी प्रदेश सभा सचिवालयलाई दिइसकिएको र थापालाई थप स्पष्टीकरण सोधिएको बताए।

गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनलाई सघाउने पार्टीको निर्णय उल्लंघन गरेपछि उनलाई दलको नेताबाट हटाएर स्पष्टीकरण सोधिएको केसीले बताए।

Advertisement

गण्डकीमा नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा प्रस्तावित नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेललाई भोट दिने पार्टीको निर्णय नमानेपछि थापामाथि कारबाही अघि बढाइएको जनमोर्चाले जनाएको छ।