November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

प्रधानमन्त्री बन्न कांग्रेसले गरेको प्रस्ताव महन्थ ठाकुरद्वारा अस्वीकार

काठमाडौं– जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री बन्न कांग्रेसले राखेको प्रस्ताव अस्वीकार गरेका छन्।

बिहीबारको भेटवार्तामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ठाकुरलाई नै प्रधानमन्त्री बन्न प्रस्ताव राखेका थिए। देउवाले आफ्नो पार्टी कांग्रेस र माओवादी केन्द्रले समेत सहयोग गर्ने आश्वासन ठाकुरलाई दिएका थिए। 

तर, ठाकुरले भने प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गरेको नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए। 

Advertisement

जवाफमा ठाकुरले अहिले केपी शर्मा ओलीलाई नै आफूहरुले सहयोग गर्ने बताएका महतको भनाइ छ।