November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

राष्ट्रपति र प्रधानमन्त्रीले संसदलाई प्राइभेट कम्पनी बनाए: पूर्व प्रदेश प्रमुख

काठमाडौँ – पूर्व प्रदेश प्रमुखहरुले राष्ट्रपति र प्रधानमन्त्रीले प्रतिनिधि सभालाई प्राइभेट कम्पनी बनाएको आरोप लगाएका छन् ।

सोमबार तीन जना पूर्व प्रदेश प्रमुखहरुले संयुक्त विज्ञप्ति जारी गर्दै राष्ट्रपति र प्रधानमन्त्रीले संसदलार्य प्राइभेट कम्पनी जस्तै महिनै पिच्छे विघटन गरेको बताएका छन् ।

प्रा.डा.गोविन्दबहादुर तुम्वाहाङ, बाबुराम कुँवर र दुर्गाकेशर खनालले आरम्भदेखि नै संविधानको कार्यान्वयन,पालना र संरक्षणमा इमानदारी र संरक्षकत्व नदेखिएको बताए ।

Advertisement

‘हुँदाहुँदा सार्वभौमसत्ता सम्पन्न जनताद्वारा निर्वाचित प्रतिनिधि सभालाई आफ्नै प्राइभेट कम्पनी जस्तै महिनै पिच्छे विघटन गर्ने निरंकुशता र सर्वसत्तावाद प्रदर्शित भइरह्यो,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अपकार्यले संविधानको जीवन क्षय हुँदै जानेछ ।