November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

पूर्वमुख्यमन्त्रीलाई सुविधा दिने गण्डकी मन्त्रिपरिषदको निर्णय

गण्डकी – गण्डकी प्रदेशकाे मन्त्रिपरिषद बैठकले पूर्वमुख्यमन्त्रीलाई सम्मान दिन ऐन बनाउने निर्णय गरेको छ । नयाँ सरकार गठनपछि पहिलोपटक आइतबार बसेको मन्त्रिपरिषद बैठकले पूर्वमुख्यमन्त्रीलाई दिनुपर्ने सम्मानबारे ऐन बनाएर अघि बढ्नेबारे निर्णय गरेको हो ।

गण्डकी सरकारका प्रवक्ता कुमार खड्काले नयाँ सरकार गठनपछि बसेको पहिलो मन्त्रिपरिषद बैठकले पूर्वमुख्यमन्त्रीलाई सुविधा दिनेबारे सहमति भएकाे जानकारी दिए । उनले नवगठित सरकारले चाँडै विश्वासको मत लिने योजनामा रहेकोसमेत बताए ।

त्यस्तै त्यस्तै गण्डकी प्रदेश सरकारको बजेट मुख्यमन्त्री कृष्ण चन्द्रले नै प्रस्तुत गर्ने भएका छन् । जेठ ३१ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र असार १ गते बजेट ल्याउने बाध्यता गण्डकी सरकारलाई छ ।

Advertisement