November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

प्रधानमन्त्रीले बोलाए माधव पक्षसहितको स्थायी कमिटी बैठक

काठमाडौं – प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक बोलाएका छन् । एमालेका प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार उक्त बैठकमा वरिष्ठ नेता माधव नेपाल पक्षलाई पनि बोलाइने भएको छ । जहाँ पुर्वमाओवादीबाट आएका रामबहादुर थापा ‘बादल’ सहितका नेताहरु पनि सहभागी हुनेछन् ।

ओली पक्षले पार्टी एकताका लागि छ बुँदे प्रस्ताव सार्वजनिक गरिसकेको हुनाले सोही सम्बन्धमा स्थायी कमीटिमा छलफल हुने भएको छ ।

नेकपा एमाले ०७५ जेठ ३ मा फर्कन अध्यक्ष ओलीले नेपाल पक्षका सामु कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार बनाउन गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने सर्त राखेका छन् ।

Advertisement

तर माधव पक्षमा ओलीले जारी गरेको छ बुँदे प्रस्तावमाथि पनि शंका छ । जसकारण उक्त पक्ष बैठकमा जाने या नजाने टुंगो लागेको छैन ।