November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

प्रतिनिधि सभा विघटन मुद्दा : एमिकस क्युरीमा घिमिरे र केसी सिफारिस

काठमाडौं- सर्वोच्च अदालतमा विचराधीन प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा तटस्थ राय दिनका लागि सर्वोच्च अदालत बार एशोसिएसनले एमिकस क्युरीका लागि वरिष्ठ अधिवक्ताहरु कोमलप्रकाश घिमिरे  र प्रकाश केसीको नाम पठाएको छ।

सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले उनीहरुबाट इजलासलाई सही राय र संविधानको व्याख्यामा सहयोग पुग्ने देखेकाले चयन गरेर पठाएको बताए।

प्रतिनिधि सभा विघटनको मुद्दा ९ गतेदेखि सुनुवाइ हुँदैछ। सर्वाेच्चले नेपाल बार र सर्वोच्चबाट २/२ जानको नाम मागेको थियो।  दोस्रोपटक भएको प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन रहेको छ।

Advertisement