काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा एमालेका नेता माधवकुमार नेपाललाई भेट गरेका छन् ।
नेता नेपाललाई भेट्न आज डा. भट्टराई नेपाल निवास कोटेश्वर पुगेका थिए । नेपाल र भट्टराईबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । नेकपा एमालेबीच एकता कायम राख्न नेताहरुले प्रयास जारी राखेका बेला नेता नेपाललाई विपक्षी गठबन्धनका नेताहरुले बारम्बार भेटवार्ता गरिराख्नुलाई अर्थपूर्ण हेरिएको छ ।
विपक्षी गठबन्धन अहिले नेता नेपाललाई ओलीसँग मिल्न नदिने पक्षमा छन् । यसअघि सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पनि कोटेश्वर पुगेर नेता नेपालसँग भेटवार्ता गरेका थिए ।