काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदमा शपथ ग्रहण गरेका छन् । राष्ट्रपति निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई शपथ ग्रहण गराएकी हुन् ।
शपथपछि उद्घोषकले प्रधानमन्त्री देउवालाई सामाजिक दूरी कायम गरेर बधाई दिन भनेका थिए । बधाई दिने पहिलो व्यक्ति बने नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल । त्यसपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले वधाई दिएका थिए ।
माधव नेपालले देउवासँग हात मिलाएरै बधाई दिएका छन् । माधवकुमार नेपाल पक्षकै २६ जना सांसदको हस्ताक्षरको सहयोगमा देउवा प्रधानमन्त्री बनेका हुन् । देउवाले आजै चार मन्त्रीको पनि शपथ गराएका छन् ।