काठमाडौं- नेकपा एमालेले बोलाएको संसदीय दलको बैठकमा माधव नेपाल पक्ष नजाने भएको छ । सरकारबाट बाहिरिएपछि पहिलो पटक संसदीय दलका नेता केपी शर्मा ओलीले भोलि (शुक्रबार) ३ बजे बैठक बोलाइका छन् ।
नेपाल पक्षका सांसद तथा केन्द्रीय सदस्य मेटमणि चौधरीले बैठकमा नजाने सल्लाह भएको जानकारी दिएका छन् । पुनः स्थापित संसदमा एमालेको भूमिकाबारे छलफल गर्न बैठक बस्न लागेको प्रमुख सचेतक विशाल भट्टराईले बताएका छन् ।
बैठकमा नेपाल पक्षका सांसदलाई पनि खबर गरिएको उनले जानकारी दिए । एमाले वरिष्ठ नेता माधव नेपाल पक्षका २६ सांसदले प्रधानमन्त्रीमा प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई समर्थन गरेपछि ओली प्रधानमन्त्रीबाट हटेका थिए।