November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

साइत पारेर बालुवाटार सरे प्रधानमन्त्री देउवा

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारस्थित सरकारी निवास सरेका छन् । उनी शुक्रबार बिहान ९ः५७ बजेको शुभ साइत पारेर बूढानीलकण्ठ (निजी निवास) बाट बालुवाटार सरेका हुन् ।

सर्वोच्च अदालतले सोमबार संसद पुनःस्थापना गर्दै प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि देउवाले मंगलबार राति राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका थिए ।

प्रधानमन्त्रीको शपथ लिएपछि उनी बुढानीलकण्ठस्थित निवासमा बस्दै आएका थिए । देउवा प्रधानमन्त्री नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटार छाडेका थिए ।

Advertisement