काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री निवास बालुवाटार पुगेका छ्न्।
प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न उनी बालुवाटार पुगेका हुन्।
बिहान १० बजेदेखि प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। उनीहरूबीच मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल चलिरहेको बताएको छ।