काठमाडौं – सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने तयारी भएको छ ।
बालुवाटारमा सरकारको साझा न्यूनतम कार्यक्रमको प्रतिवेदन अनुसार अगाडि बढ्ने भन्नेबारे छलफल भएको हो । साझा कार्यक्रममा मन्त्रीहरुको आचारसंहिता, सरकारका प्राथमिकता, सङ्घीयता सुदृढीकरणलगायत विषय समेटिएको छ। न्यूनतम् साझा कार्यक्रम र कार्यविधि आजै सार्वजनिक गर्ने तयारी रहेको बताइएको छ ।
कार्यदलले प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेतृत्वलाई प्रतिवेदन हस्तान्तरण गरिसकेको छ। प्रतिवेदनमा संयुक्त सरकारका प्राथमिकतालाई समावेश गरिएको छ ।