November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

नेतृत्वलाई संविधान र पार्टीको विधान तयारीमा कांग्रेस यूवा नेता

काठमाडाैं– नेपाली कांग्रेसका युवा पुस्ताका नेताहरुले पार्टी नेतृत्वलाई संविधान र दलको विधान बुझाउने तयारी गरेका छन्।

समयमा महाधिवेशन हुन नसक्ने अवस्था निर्माण भएपछि संविधान र पार्टीको विधान पढ्नका लागि बुझाउन लागिएको नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष रञ्जित कर्णले बताए।

‘महाधिवेशन भदौमा नभए वैधानिकता सकिन्छ,’ उनले भने, ‘संविधान र विधानको व्यवस्था पढ्नकf लागि नेतृत्वलाई हस्तान्तरण गर्न लागिएको हो।’ 

Advertisement

बूढानीलकण्ठमा केन्द्रीय समिति बैठक बस्नुअघि विधान र संविधान बुझाउने उनले बताए। युवाहरुको उक्त समुहमा मूलत: नेविसंघका पूर्व र वर्तमान नेताहरु सम्मिलित छन्।