July 8, 2026, Wednesday
२०८३ असार २४
1:37:26 pm

जिल्ला सभापतिहरूसँग पौडेल पक्षको छलफल : सानेपामा जारी धर्ना र अनसन स्थगित गराउने तयारी

काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताले जिल्ला सभापतिसँग छलफल गरेका छन्।

पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सिबारीमा शनिबार बिहान भएको छलफलमा नेताहरू रामशरण महत, मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडुलगायत छन्।

छलफलमा नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह, धादिङ सभापति रमेश धमला, काठमाडौं सभापति सबुज बानियाँलगायत छन्।

Advertisement

जिल्ला सभापतिहरू गत बुधबारदेखि सानेपामा रिले अनसन बसेका छन्। उनीहरुको मागलाई पौडेल पक्षले समर्थन गरेको छ। माग पूरा गर्न पौडेलले सभापति शेरबहादुर देउवालाई आग्रह गरिरहेका छन्। 

जिल्ला सभापतिहरु माग अनुसार नै कृयाशील सदस्यको नामावली प्रकाशित हुन थालेको छ। ४८ जिल्लाका कृयाशील सदस्यको नाम पार्टी वेबसाइटमा प्रकाशित गरिसकेको काङ्ग्रेस केन्द्रीय कार्यालयले जनाएको छ। 

निर्वाचन निर्देशन संशोधन गर्नुपर्ने माग पनि जिल्ला सभापतिहरुको छ। काङ्ग्रेसले यही भदौ १८ गते वडा अधिवेशन गर्दैछ, त्यसका लागि निर्वाचन अधिकृत खटिएका छन्।