July 8, 2026, Wednesday
२०८३ असार २४
1:37:26 pm

१० बुँदे जस्ताको तस्तै कार्यान्वयन नहुने: ईश्वर पोखरेल

माेरङ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी एकताका लागि भएको १० बुँदे सहमति जस्ताको तस्तै कार्यान्वयन हुन नसक्ने बताएका छन् ।

नेकपा एमाले मोरङले आइतबार मोरङको विराटचोकमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले जेठ २ को कार्यान्वयन सिर्जनात्मक रुपमा हुने बताए ।

‘१० बुदे कार्यदलले दिएको सुझाव हो पार्टीको निर्णय होइन,’ उनले भने,‘‘।कार्यान्वयन गरिरहँदा यो यान्त्रिक ढङ्गले हुँदैन्, हुनसक्दैन, सिर्जनात्मक ढुङ्गले हुन्छ ।’

Advertisement

उनले १० बुँदे सहमति जस्ताको तस्तै कार्यान्वयन हुन्छ भन्ने भ्रममा नपर्न पनि आग्रह गरे । पार्टीलाई जेठ २ को अवस्थामा फर्काए नयाँ पार्टीबाट आएकाहरुलाई अन्याय हुने बताए ।