November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

पहिलोपल्ट आज संसद बैठकमा सहभागी हुँदै एकीकृत समाजवादी

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक आज (बुधबार) बस्दै छ । नयाँ बानेश्वरस्थित संसद् भवनको शंकर हलमा बुधबार २ बजे बैठक बस्न लागेको हो ।

बुधबार ४ बजे शुरु हुने प्रतिनिधि र राष्ट्रिय सभा गरी दुवै संसद्को बैठकमा रणनीति बनाउन बैठक बस्न लागेको नेता जीवनराम श्रेष्ठले जानकारी दिए । एमाले विभाजनपछि बनेको एकीकृत समाजवादी पहिलो पटक संसद्को बैठकमा सहभागी हुँदैछ ।

योबीचमा एकीकृत समाजवादी संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन भएका छन् । एमाले विभाजन भएर बनेको एकीकृत समाजवादी संसदको चौथो ठूला दलका रुपमा उदाएको छ । उक्त पार्टीसँग प्रतिनिधिसभामा २३ र राष्ट्रिय सभामा ८ जना सांसद छन् ।

Advertisement