November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

एमालेको अवरोधबीच लोकसेवा आयोग विधेयक राष्ट्रियसभाबाट पारित

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुको अवरोधबीच राष्ट्रियसभाको सोमबार बसेको दोस्रो बैठकले लोकसेवा आयोग विधेयक–२०७८ पारित गरेको छ ।

आइतवार बसेका राष्ट्रियसभाका दुवै बैठकमा एमाले सांसदहरुले अवरोध गरेका थिए । एमाले सांसद कोमल वलीले आफूहरुको पार्टी फुटाउन सभामुख अग्नि सापकोटाले भूमिका खेलेको भन्दै उनले पदमा बस्ने अधिकार नरहेको बताएकी थिइन् ।

एमाले सांसदहरुले उठेर अवरोध गरिरहे पनि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त लोकसेवा आयोग विधेयक–२०७८ बैठकमा निर्णयार्थ पेश गर्न समय दिएका थिए । त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त विधेयक बैठकमा टेबुल गरेका थिए ।

Advertisement

उक्त प्रस्तावलाई राष्ट्रियसभाबाट बहुमतले पारित भएको घोषणा अध्यक्ष तिमल्सिनाले गरेका छन् । अवरोधबीच दोस्रो बैठकले राष्ट्रियसभाका पूर्व सांसद रुक्मशमशेर राणाको निधनमा शोक प्रस्ताव पारित गरेको छ । अध्यक्ष तिमल्सिनाले राष्ट्रिय सभाको अर्को बैठक यही भदौ ३० गते बुधबार बस्ने बताएका छन् ।