November 9, 2026, Monday
२०८३ कार्तिक २४
1:37:26 pm

म्यानचेष्टर युनाइटेडका खेलाडीमा कोभिड पुष्टी भएपछि आजको खेल स्थगित

काठमाडौं । इङ्लिस प्रिमियर लिग अन्तर्गत आज बिहान हुने भनिएका तिन खेल मध्ये एक खेल रद्द गरिएको छ । म्यानचेष्टर युनाइटेडका केही खेलाडीहरुमा कोभिड भएको पुष्टी भएपछि युनाइटेड र ब्रेन्टफोर्डबीचको खेल स्थगित भएको हो ।

यसअघि पनि टोटनह्यामका ६ जना खेलाडीहरुमा कोभिड देखिएपछि खेल स्थगित गरिएको थियो ।

त्यस्तै, आज बिहान सम्पन्न दुईवटा खेल मध्ये म्यानचेष्टर सिटीले लिड्समाथि गोलको वर्षा गरेको छ । आफ्नो घरेलु मैदान इत्तिहाद स्टेडियममा सिटीले लिड्समाथि शुन्यका विरुद्ध सात गोलको सानदार जीत निकाल्दै अंक तालिकामा आफ्नो शीर्ष स्थानलाई यथावत राखेको छ । अर्को खेलमा एस्टन भिल्लाले नर्विचमाथि २–० गोलको जीत निकालेको छ ।

Advertisement