November 14, 2026, Saturday
२०८३ कार्तिक २९
1:37:26 pm

एमसीसीविरुद्ध नेपाल मजदुर किसान पार्टीको प्रदर्शन

काठमाडौं । नेपाल मजदुर किसान पार्टीले एमसीसी सम्झौता संसदमा पेश समेत नगर्न सरकार र सांसदहरुलाई दवाव दिँदै खवरदारी सभा गरेको छ ।  शुक्रबार काठमाडौंको नयाँबानेश्वर चोकमा नेपाल मजदुर किसान पार्टीले सो सम्झौंता संसदमा पेश नगर्न दवाव दिँदै खवरदारी सभा गरेको हो ।

बिरोध सभामा बोल्दै पार्टीका एक नेताले एमसीसी सम्झौता राष्ट्रघाती भएको उल्लेख गर्दै संसदमा पेश गर्न नदिन सांसदहरुलाई अपिल गर्नुका साथै सो सम्झौंता खारेज नभएसम्म आफूहरुले आन्दोलन जारी राख्ने चेतावनी पनि दिएका छन् ।

उनले एमसीसी सम्झौंता संसदबाट पारित भए भारत र अमेरीकी सेनाको नेपाल परेडस्थल बन्ने र एक सेकेन्डमै नेपाल ध्वस्त हुने दावी समेत गरे । श्रीलंकाले एमसीसी सम्झौंता राष्ट्रिय सुरक्षाका लागि खतरा रहेको निष्कर्ष निकाल्दै खारेज गरेजस्तै नेपालले पनि खारेज गर्नपर्ने उनको भनाइ थियो।

Advertisement