November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

आजदेखि राष्ट्रियसभा निर्वाचन प्रक्रिया सुरु

काठमाडौं । राष्ट्रिय सभामा रिक्त हुन लागेका १९ सदस्यका लागि आजबाट मतदानको प्रक्रिया सुरु हुने भएको छ । आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा रिक्त हुने १९ सदस्यका लागि मतदानको प्रक्रिया आजबाट सुरु हुन लागेको हो ।

यसपछि पुस २० देखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली, निर्वाचन चिह्न दिने कार्यक्रम र निर्वाचन आचारसंहिता लागू हुने व्यहोरा आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहमा १४ सय ९३ जना र प्रदेश सभामा ५३२ जना गरेर जम्मा दुई हजार २५ मतदाता रहेको आयोगले जनाएको छ । त्यस्तै मतदानको लागि आठ वटा मतदानस्थल र १४ वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ भने राष्ट्रिय सभा निर्वाचनमा भाग दिन १२ दल दर्ता भएका छन् ।

Advertisement

त्यस्तै आयोगले प्रतिनिधिसभा निर्वाचनमा दलले पाएको समानुपातिक मतका आधारमा राष्ट्रियसभा निर्वाचनको मतपत्रमा चिह्नको प्राथमिकता निर्धारण गर्ने भएको छ ।