November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

माओवादी केन्द्रले पदाधिकारी सोमवार चयन गर्ने

काठमाडौं : नेकपा माओवादी केन्द्रले पदाधिकारी सोमवार चयन गर्ने भएको छ ।

आइतवार २३६ जनाको केन्द्रीय समिति घोषणा गरिएकोमा अध्यक्षसहित १५ सदस्यीय पदाधिकारी सोमबार चयन गर्ने जनाइएको छ।

आठौं महाधिवेशन समापनपछि आइतबार प्रवक्ता कृष्णबहादुर महराले केन्द्रीय कमिटीको सोमबार बस्ने बैठकले अध्यक्षसहित १५ सदस्यीय पदाधिकारी घोषणा गर्ने जानकारी दिए।

Advertisement

अध्यक्ष प्रचण्डले महाधिवेशनको बन्दसत्रमा २९९ सय केन्द्रीय सदस्यमध्ये २३६ जनाको नाम सिफारिस गरेका थिए। ती नामहरू बन्दसत्र अनुमोदन गरेको थियो। माओवादीले ६६ केन्द्रीय सदस्य पनि चयन गर्न सकेको छैन।