लण्डन । आदिवासी आन्दोलनका अभियान्ता डा. कृष्ण भट्टचनले नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वकर्ताहरु कुनै पनि पार्टीमा आवद्ध हुन नहुने बताउनु भएको छ । नेपाल आदिवासी जनजाति अन्तर्राष्ट्रिय महासंघ (निफिन) ले भर्चुअल माध्यमबाट आयोजना गरेको “नेपालको आदिवासी जनजाति आन्दोलन र अन्तर्राष्ट्रिय अभियान” विषयक एक अन्तरकृया कार्यक्रम वोल्दै डा. भट्टचनले नेफिन स्वतन्त्र संस्था हुनु पर्नेमा राजनितिक पार्टी हावी हुदै गएको बताए ।
आदिवासी आन्दोलनका क्रममा राजनीतिक दलहरुबाट नेतृत्व छान्ने र निर्देशित गर्ने क्रियाकलाप बढ्दै गएकाले आदिवासी आन्दोलन खस्कदो अवस्थामा पुगेको बताउदै डा. भट्टचनले आदिवासी आन्दोलनका अधिकांश नेतृत्व राजनीतिक दलमा आवद्ध भएका र रोज्नु परेमा संस्था छाडेर पार्टीमा लागने प्रवृत्तिले आन्दोलनमा समस्या सृजना भएको बताए ।
नेपाली राजनितिमा पनि आदिवासी आन्दोलनको वास्ता नै नगर्ने आदिवासी र झनै आन्दोलनलाई भाड्न खोज्ने नेतृत्वमा मात्र समावेश भएकाले आदिवासी आन्दोलनमा थप समस्या जटिल भएको उनले बताए । आदिवासी जनाजाति आन्दोलनलाई अन्तराष्ट्रिय महासंघ जस्ता संस्थाहरुले सहयोग गर्न आवश्यक रहेको बताउदै डा. भट्टचनले भने ‘पछिल्लो समय आदिवासी आन्दोलन सुकेको भनेर सुनिन्छ तर आन्दोलन सुकेको छैन । निरन्तर छ । विशेष गरेर अहिले आदिवासी आन्दोलन समुदायगत तहमा हुर्कदै छ, अबको दश वर्ष पछि आदिवासी आन्दोलन सशक्त वन्ने छ ।’
संविधान जारि भए पस्चात आदिवासी आन्दोलन स्वतन्त्र छनोटको अधिकार, पारस्पारिक सहयोग सम्वन्ध, अन्तर निर्भर, ऐकवद्धता लगायतको आधारभुत मुल्यहरुमा रहेर भूमी अधिकारको आन्दोलनमा केन्द्रित रहेको बताउदै उहाँले अहिलेको आन्दोलन सदन, सडक र अन्तराष्ट्रिय क्षेत्रमा रहेको स्पष्ट पारे ।