November 8, 2026, Sunday
२०८३ कार्तिक २२
1:37:26 pm

विद्यार्थीहरूलाई कोरोनाविरूद्ध खोप लगाउन माघ १५ देखि २० गतेसम्म विद्यालय खोल्ने

काठमाडौं । सरकारले माघ १५ देखि २० गतेसम्म विद्यालय खोल्ने भएको छ । विद्यार्थीहरूलाई कोरोनाविरूद्ध खोप लगाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशैभरका विद्यालय छ दिन खुल्ने र त्यो बेला सबै विद्यार्थीलाई खोप लगाउनुपर्ने बताएको छ ।

मन्त्रालयका अनुसार स्थानीय तह र स्वास्थ्य चौकीसँग समन्वय गरी देशैभरका विद्यालयहरूले विद्यार्थीलाई खोप लगाउनुपर्नेछ ।

मन्त्रालयले सूचना निकालेर विद्यार्थीहरूलाई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरेको छ । खोप लगाएको सुनिश्चित गरेपछि विद्यालयमा पठनपाठन र परीक्षाहरू सञ्चालन गर्ने तयारी सरकारको छ ।

Advertisement

कोरोना अत्यधिक रुपमा बढेपछि सरकारले विद्यालय बन्द गरेको थियो ।