November 10, 2026, Tuesday
२०८३ कार्तिक २५
1:37:26 pm

एनआरएनए अष्ट्रियाद्वारा नेपाली राजदुतावास भियनाका का. राजदुत डा.मैनालीलाई स्वागत तथा सम्मान

अष्ट्रिया । एनआरएनए अष्ट्रियाद्वारा नेपाली राजदुतावास भियनाका कार्यवाहक राजदुत डा. इला मैनाली तथा दुतावास टिमलाई सफल कार्यकालको शुभकामना दिदै फुलगुच्छा तथा सम्मानपत्रद्वारा स्वागत तथा सम्मान गरेको छ ।

जनवरी ३० मा सम्पन्न उक्त कार्यक्रममा संस्थाका अध्यक्ष भवानी तिवारीको सभापतित्व, कार्यवाहक राजदुत डा. इला मैनालीको प्रमुख आतिथ्यता तथा एनआरएनएअष्ट्रिया आई सिसि सदस्य विकाश कार्की, नेपाली राजदुतावास भियनाका द्वितिय सचिव धनन्जय मेहता, सहचारी युवराज लामा, दुतावास कर्मचारी अन्जना आचार्यको विशेष आतिथ्यता रहेको थियो ।

एनआरएनए अष्ट्रियाका सल्लाहकारहरू प्रमोद सेरचन, ध्रुव पौडेल, वुद्दि तामाङ, दविन लामा, संस्थाका सल्लाहकार तथा स्पोर्ट क्वल भियना सगरमाथाका उपाध्यक्ष लक्ष्मण भुजेल, समाजवेसी निलम सेन्चुरी, एलसिसि सार्जवर्गका वरिष्ट उपाध्यक्ष निरू कार्की, नेसास अष्ट्रियाका अध्यक्ष मंजु खड्का, उपाध्यक्ष रूकमिनी पौडेल र जनजाती महासंघ अष्ट्रियाका अध्यक्ष श्वेता वज्राचार्य अतिथीको रूपमा उपस्थित रहेका थिए ।

Advertisement

कार्यक्रमको सामुहिक तस्वीर ।

कोभिडको कारण अष्ट्रियन सरकारले तोकेको नियमभित्र रहने गरी आयोजित उक्त कार्यक्रमको प्रशंसा गर्दै कार्यवाहक राजदुत डा. इला मैनालीले एनआरएनए अष्ट्रियासँग नेपाली राजदुतावास भियनाको सहकार्य अत्यन्त जरूरी रहेकोले आगामी दिनहरूमा आपसी सद्भाव र सहयोगको पूर्ण अपेक्षा राखेको बताए । एनआरएनमार्फत दुतावासहरूलाई, अन्य संघसंस्था तथा आम नेपालीहरूमाँझ पुग्न सहज हुने भएकोले एनआरएन र दुतावासबीचको सहकार्य अपरिहार्य रहेको धारणा राखेका थिए । नेपाली राजदुतावास भियनाका द्वितिय सचिव धनन्जय मेहता, सहचारी युवराज लामा र दुतावास कर्मचारी अन्जना आचार्यले आ–आफ्नो मन्तव्य राख्दै आगामी दिनहरूमा अष्ट्रियामा रहेका विभिन्न संघसंस्थाहरू साथै आम अष्ट्रियावासी नेपालीहरूसँग दुतावासको सहकार्य हुन सकोस् भन्ने चाहना व्यक्त गरेका थिए ।

त्यसैगरी मन्तव्यकै क्रममा एनआरएन अष्ट्रिया आईसिसि सदस्य विकाश कार्कीले, आफूले कार्यवाहक राजदुत डा. मैनालीसँग केही महिना अगाडी, प्रवासमा रहेका केही नेपालीहरूको दुखद खवर सुनाउनासाथ, सहयोगको लागि तत्पर हुदै यथासक्य छिटो आफ्नो जिम्मेवारी गर्नुभकोमा धन्यवाद व्यक्त गरे ।

कार्यक्रमको सामुहिक तस्वीर ।

समाजसेवी निलम सेन्चुरीले मन्तव्यको क्रममा, नेपाल र नेपाली समुदायको खुलेर प्रशंसा गर्दै अष्ट्रियावासी नेपालीहरूबीच आफूलाई पाउदा अत्यन्त खुसी लाग्ने बताए । लामो समयदेखि आफू अष्ट्रियन संघसंस्थाहरूसँग आवद्द भएर काम गरिरहेको हुँदा एनआरएनए अष्ट्रिया, अन्य नेपाली संघसंस्थाहरू र नेपाल एम्वेसीसँग सहकार्य गरेर नेपाललाई चिनाउने विभिन्न योजनाहरूमा काम गर्न सकिने बताए ।

एनआरएन अष्ट्रियाका अध्यक्ष तथा कार्यक्रम सभापती भवानी तिवारीले फूलगुच्छा तथा मायाको चिनो स्वरूप सम्मानपत्र हस्तान्तरण गर्दै एनआरएनए अष्ट्रिया, राजदुतावास भियना र अष्ट्रियावासी नेपालीहरूको बीचमा रहेर पुलको काम गर्न सक्ने बताए । दुतावासमा हुने गतिविधीहरूमा सहकार्य गर्दै विभिन्न माध्यामहरूबाट सहयोग आदानप्रदान गर्न एनआरएन अष्ट्रिया २०२१–२०२३ कार्यसमिति अत्यन्त उत्साहित रहेको वताउदै आगामी दिनहरूमा राजदुतावास तथा विभिन्न संघसंस्थाहरू हातेमालो गर्दै अगाडी वढेमा आम अष्ट्रियावासी नेपालीहरूमा खुसी छाउने बताउदै कार्यक्रममा उपस्थित तथा उपस्थित हुन नसकेका सम्पूर्णलाई साथै कार्यक्रमलाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नै सबैलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।

स्वागत मन्तव्यद्वारा संस्थाका वरिष्ट उपाध्यक्ष अनिता भुजेलले उपस्थितहरूलाई स्वागत गरेका थिए भने संस्थाका प्रवक्ता शुभद्रा भण्डारीले प्रवासी नेपालीहरूको पिडा र सम्वन्धित दुतावाससँग गरिने अपेक्षासँग मिश्रित भाव पोखिएको कवितासहित कार्यक्रम संचालन गरेकी थिइन् ।

कार्यक्रमलाई व्यवस्थित वनाउन, संस्थाका महासचिव रोशन घिसिङ, कोषाध्यक्ष विरेन पुन, सहकोषाध्यक्ष सरिता सिलवाल, महिला संयोजक प्रतिभा कार्की, सदस्य जपन राई, रिमा विष्ट लगायतका पदाधिकारीहरूले उल्लेख्य सहयोग गरेका थिए भने स्वादिष्ट नेपाली खानाका विभिन्न परिकारहरू Resturant Antica  Vienna Resturent ले कार्यक्रम हलसम्म ल्याएर सर्भिस उपलब्ध गराएको थियो ।