November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

प्रधानमन्त्री देउवा, केपी ओली र प्रचण्डबीच आज छलफल हुने

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज बालुवाटारमा छलफल हुने भएको छ। आइतबार अपरान्ह ४ बजे प्रधानमन्त्री देउवासहित ओली र प्रचण्ड छलफलमा जुट्ने भएका हुन्।

स्रोतका अनुसार अमेरिकी सहयोग परियोजना एमसिसी र स्थानीय चुनावको मितिबारे उनीहरू छलफल हुन लागेको हो ।

सरकारले स्थानीय तह चुनाव जेठ ४ मा गर्ने तयारी गरेको छ। सम्भवत सोमबारको मन्त्रिपरिषद बैठकबाट स्थानीय चुनावको मिति तय हुनेछ।

Advertisement

यस्तै सरकारले एमसिसी सम्झौता अगाडि बढाउन लागेको छ। संसदमा दर्ता भएको एमसिसीलाई टेबुल गर्ने तयारीमा सरकार छ तर सत्तारूढ गठबन्धनभित्रै यसबारे एकमत छैन।