November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

जनयुद्ध दिवस मनाउन प्रचण्ड मधेस प्रदेश जाने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि मधेस प्रदेश जाने भएका छन् ।

जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्न प्रचण्ड भोलि जनकपुर जान लागेका हुन् ।

उनी बिहान १० बजे जहाजमार्फत जनकपुर जान लागेको स्रोतले जनाएको छ । उनले जनकपुरमा आयोजित समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

Advertisement

जनयुद्ध दिवसको अवसर पारेर मधेस प्रदेशले भोलि सार्वजनिक विदा समेत दिइसकेको छ ।

माओवादी केन्द्रले पछिल्लो समय मधेस प्रदेशमा संगठन विस्तारलाई विशेष ध्यान दिएको छ ।