November 13, 2026, Friday
२०८३ कार्तिक २८
1:37:26 pm

एमसीसीविरुद्ध उत्रिएका १५३ जना प्रहरीको नियन्त्रणमा

काठमाडौं । काठमाडौं उपत्यकामा एमसीसीविरुद्ध उत्रिएका १५३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट १५३ जनालाई नियन्त्रणमा लिएको हो ।

एमसिसीको विरोध गर्दै नेपाल बन्द गराउँदै हिँड्ने ५३ जना र काठमाडौंको बानेश्वर प्रदर्शन गर्दा १०० जना गरी जम्मा १५३ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

नेपाल बन्द गराउँदै हिँडेकामध्ये तीन जना महिला र ५० जना पुरूष छन् । बानेश्वरबाट ९० जना पुरूष र १० जना महिलालाई नियन्त्रणमा लिएको हो ।

Advertisement

बानेश्वरमा प्रदर्शनमा उत्रिएका विभिन्न दलका कार्यकर्ता तथा प्रहरीबीच झडप भएको थियो ।