November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

किलोको २५ रुपैयाँका दरले स्कुटर, ३० रुपैयाँमा बाइक

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले पेट्रोल, डिजेलसँगै स्कुटर र मोटरसाइकल सेलमा राखेर बिहीबार काठमाडौंमा प्रदर्शन गरेको छ ।

संघको केन्द्रीय युथ फोर्स विभागले, मूल्यवृद्धि खारेजी, भ्रष्टाचार अन्त्यलगायतका माग राख्दै बानेश्वरमा प्रदर्शन गरेको हो ।

पछिल्लो समय बढेको पेट्रोलियम पदार्थको भाउलाई व्यंग्य गर्दै पेट्रोल १४२, डिजेल १२५ रुपैयाँ प्रतिलिटर सेलमा राखिएको थियो भने कवाडीमा स्कुटरको प्रतिकिलो २५ र मोटरसाइकलको मूल्य ३० रूपैयाँ राखिएको थियो ।

Advertisement

प्रदर्शनकारीहरुले सडकमै चुल्हो बनाएर दाउरामा चिया पकाएर प्रहरीलाई दिएका थिए ।