काठमाडौं । एमसीसीविरुद्धको प्रदर्शनका क्रममा घाइते भएका हेमराज अवस्थीको अवस्था चिन्ताजनक बनेको छ । अवस्थी बिहीबार बिहान नयाँ बानेश्वरमा प्रदर्शनका क्रममा अश्रुग्यासको सेल लागेर घटनास्थलमै ढलेका थिए ।
टाउकोमा गम्भीर चोट लागेका उनलाई बानेश्वरकै एभरेष्ट अस्पताल पु¥याइएको थियो । सामान्य उपचारपछि त्यहाँबाट महाङकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा रेफर गरिएको थियो । त्यहाँ पनि उनको उपचार सम्भव नदेखिएपछि अन्नपूर्ण न्यूरो अस्पताल रेफर गरिएको छ ।
अन्नपूर्ण न्यूरोका सूचना अधिकारी आकाश रिजालकाअनुसार त्यहाँ ल्याउँदासम्म हेमराजको स्वास्थ्य स्थिर छ । यद्यपि अवस्था गम्भीर नै रहेको उनको भनाइ छ ।