November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

एमसीसी बारे थप छलफल गर्न एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

२०७८ फाल्गुन १५

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) एमसीसी अनुमोदन गर्ने विषयमा थप छलफल गर्न सचिवालय बैठक बोलाएको छ । सत्तारुढ गठबन्धन दलमा एमसीसीका बारेमा ‘व्याख्यात्मक घोषणा’सहित अनुमोदन गराउन सहमत देखिएपछि नेकपा एसले सचिवालय बैठक बोलाएको हो ।

प्रतिनिधिसभा बैठकको दुई घन्टा अघि अर्थात् बिहान ११ बजे बस्ने बैठकले एमसीसी परियोजनाका बारेमा पक्षमा उभिने कि सो परियोजनाका बारेमा विरोध दर्ज गराउँदै अगाडी बढाउन दिने ? भन्ने मध्ये एक विकल्पमा आवश्यक निर्णय लिनेछ ।

Advertisement