काठमाडौँ — नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल सरकारका परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ताका लागि सिंहदरबार पुगेका छन् ।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा दुई देशका मन्त्रीहरूबीच औपचारिक भेटवार्ता हुने छ । यस क्रममा दुई देशबीच केही सम्झौता हुने बताइएको छ ।
शुक्रबार अपराह्न काठमाडौं अवतरण भएका वाङको औपचारिक भेटवार्ता शनिबार सुरु भएको छ । उनी शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट द्धारिकाज होटलमा पुगेर बसेका थिए । सोही होटलबाट उनी सिंहदरबार पुगेका हुन् ।
परराष्ट्रमन्त्री खड्कासँगको भेटपछि शनिबार साँझ चिनियाँ विदेशमन्त्री वाङले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्ने कार्यतालिका छ । देउवासँग भेट्न वाङ प्रधानमन्त्री निवास बालुवाटार जानेछन् । आइतबार बिहान भने वाङले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नेछन् ।