November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

सर्वोच्चको न्यायाधीशमा श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन

काठमाडौँ — सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका तिलप्रसाद श्रेष्ठ संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन भएका छन् । 

मंगलबार भएको संसदीय सुनुवाइपछि सर्वोच्च अदालतको न्यायाधीशमा श्रेष्ठलाई समितिले सर्वसम्मत अनुमोदन गरेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

संसदीय सुनुवाइ समितिमा न्यायाधीशमा सिफारिस श्रेष्ठले आफ्ना कार्ययोजना र विगतमा गरेका कामको विवरण प्रस्तुत गरेका थिए । उनले न्यायालयप्रति जनताको आस्था र विश्वास बढाउने काम गर्नुपर्ने धारणा राखेका थिए ।

Advertisement