November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

उम्मेदवारी अपडेट:  ३ बजेसम्ममा २८ हजारबढीको दर्ता

काठमाडौं : स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ताको अन्तिम दिन आज दिउँसो ३ बजेसम्ममा २८ हजार ८०५ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

निर्वाचन आयोगले दिएको विवरणअनुसार प्रमुखमा १ हजार १७०, उपप्रमुखमा ६३१, अध्यक्षमा १ हजार ५० र उपाध्यक्षमा ६०६ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ।

वडाध्यक्षमा ७ हजार ६६२, महिला सदस्य ४ हजार ४३१ र दलित महिला सदस्य ३ हजार ७७६ जनाले मनोनयन दर्ता गराएका छन् भने सदस्यमा ९ हजार ४७९ जनाले दर्ता गराएका आयोगले जनाएको छ।

Advertisement