काठमाडाैं-कैलालीको टीकापुर घटनामा उच्च अदालत दिपायलले आफ्नो फैसला सुनाएपछि यसको चर्चा राजनीतिक वृत्तमा पनि भइरहेको छ।
उच्च अदालतले घटनाको मुख्य अभियुक्तका रुपमा निलम्वित सांसद रेशमलाल चौधरीसहित ८ जनालाई जन्मकैद तथा १४ जनालाई १०, ५ र ३ वर्ष कैदको फैसला सुनायो । खासगरी तराई मधेशकेन्द्रित दलहरुले फैसला गलत भएको भन्दै आलोचना गरेका छन्।
जिल्ला अदालत हुँदै उच्च अदालत पुगेको मुद्दामा गत बिहीबार उच्च अदालतले फैसला सुनाएको थियो । उच्च अदालतका न्यायाधीशद्वय टेकनारायण कुँबर र सीताराम मण्डलको इजलासले सुनाएको फैसलामा निलम्वित सांसद चाैधरीसहित अन्य सात जनालाई जन्मकैदको सजाय सुनायो। थुनामै रहेका उनलाई योजनाकारको रुपमा लिँदै उच्चले यस्तो फैसला सुनाएको हो।
Advertisement
आन्दोलनमा रहेका समूहकाे भीडले आक्रमण गरेर नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मीको ज्यान लिएको थियो भने एक नाबालकको पनि हत्या गरेको थियो।
फैसलाले लिएका घटनाका दुई दर्जन ठहरहरु
घटना योजनाबद्ध रुपमा घटाइएको
केही प्रतिवादी सो घटनाको रचनाकार रहेको देखिएको
घटना घटाउन योजना, तयारी, मनसाय र कार्यको संगठित तरिकाले संयोजन गरेको पाइएको
सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई हत्या गर्ने लक्षित गरी घटना घटाइएको
नेतृत्वकर्ताको निर्देशन अनुसार गाउँगाउँमा चिराकी(चौकिदार) खटाई भीड जम्मा गरेको
तोकिएको ठाउँमा उपस्थित नभएमा प्रतिव्यक्ति एक हजार जरिवाना गर्ने उर्दी जारी गरेको
प्रत्येकले घर घरमा भएको घरेलु हतियारलगायत अन्य हतियार लिई आउन अनिवार्य गरेको पूर्व योजनाबमोजिम फलामे काँडायुक्त घरेलु हतियार बनाएको